नेपाल सरकार

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय

नारायणी अस्पताल

वीरगन्ज, नेपाल

team image
✍️डा.चितरञ्जन शाह
प्रमुख मेडिकल सुपरिटेन्डेन्ट

प्रमुख मेडिकल सुपरिटेन्डेन्ट ज्यूको सन्देश

नारायणी अस्पताल सर्वसुलभ एवं गुणस्तरिय बिशेषज्ञ सेवा दिने मधेश प्रदेशको एक मात्र ठूलो केन्द्रिय अस्पतालको रुपमा सुपरिचित छ ।

 आधारभुत देखि बिशिष्टिकृत बिशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्नु पर्दा र बिरामीको चाप अत्यधिक भएकोले जहिले पनि जनशक्ति र श्रोत साधनको सम्बन्धमा अभाव रहने गरेको यथार्थ विदित नै छ ।

यो अस्पतालको स्थापना १९४९ वि.सं.मा भए देखिनै नारायणी अञ्चलको बिभिन्न अस्पतालका डायरक्टरेट निकाय हुनाका साथ यहाँ अन्य जिल्ला जस्तै सर्लाही, सिन्धुली लगायत भारतको बोर्डर छेउका बिरामीलाई पनि सेवा प्रदान गर्दै आएको कुरा सर्वविदित नै छ ।

यहाँ भौतिक पूर्वाधारको अवस्था अतिनै दैनिय भए पनि यथासम्भव बिभिन्न बिशेषज्ञ सेवाहरुको बिकास भइरहेको छ ।

बिशेष गरि अकस्मिक उपचार, सघन उपचार एवं शल्यक्रिया जस्ता जटिल र संवेदनशिल स्वास्थ्य सेवा बिरामीको चाप अनुसार बिस्तार गरिएको छ । हाल ICU, NICU, PICU, CCU, Dialysis को बेड संख्या र समयमा बिस्तार गरिएको छ तथा यी सेवाहरु सर्वसुलभ बनाउन स्वास्थ्य बिमामा समेट्ने प्रयास र पहल कदमी गरिएको छ ।

फार्मेसीको उचित व्यवस्थापन गरिएको छ र निकट भविष्यमै अन्य फार्मेसीको शाखा जस्तै Indoor / OPD मा पनि संचालन हुने भएको छ ।

यहाँ यसबर्ष देखि अस्पताल तथा कर्मचारीको बृद्धि बिकास तथा प्रोत्साहनलाई मध्यनजर राख्दै अस्पतालको वार्षिकोत्सव पनि मनाईदै छ ।

निकट भविष्यमा बिशिष्टकृत सेवा विस्तार अन्तर्गत Cath Lab / Cardiology बिभाग, मृगौला प्रत्यारोपन तथा न्युरो सर्जरी सम्बन्धित बिभागहरु तुरुन्तै शुरु हुने तयारीमा रहेको तथा ल्ब्ःक् बीर अस्पताल अन्तर्गत MD/MS  र नर्सिङ्ग PCL / Bachelor Nursing  को पनि अध्ययन अध्यापन सेवा व्यवस्था नारायणी अस्पतालमा पनि बिस्तार गर्ने व्यवस्था मिलाईदै छ ।

अन्त्यमा नेपालमा बीर अस्पताल काठमाण्डौं पछिको दोस्रो र तराई क्षेत्रका लागि पहिलो अस्पतालको गर्विलो इतिहास भएको हालको नारायणी अस्पतालको गरिमा कायम गर्न हामी सबैको कर्तव्य हो । यहाँ कार्यरत सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी, सरोकार राख्ने व्यक्ति तथा संस्था साथै आम नागरिकको साथ सहयोग सहकार्य एवं रचनात्मक सुझावको सदैव अपेक्षा गर्दछु ।